प्रहरीको गोली लागेर २३ वर्षीय राउतको मृत्यु
काठमाडाैं | पुस १३, २०८०
काठमाडौं: ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको हो । राउत हाल भक्तपुरमा बस्दै आएका थिए ।
गोली लागेपछि अचेत अवस्थामा रहेका राउतलाई १२:४० बजे अस्पताल ल्याइपुर्याएकोमा १:१७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । राउतको छातीमा रातो–निलो डाम रहेको प्रमुख पाठकले जानकारी दिए ।
शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए ।
पोखरा: पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

